काठमाडौँ ५ पुस । राष्ट्रिय निजी तथा आवासीय बिधालय एसोसिएसन नेपाल ,नेशनल प्याब्सन काठमाडौ जिल्ला द्वारा आयोजित सप्ताह ब्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
पौष १ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको प्रमुख आतिथ्यतामा टुडिखेलमा उदघाटन गरि सुरु गरिएको खेलकुद सप्ताह मा विभिन्न बिधाका खेलहरु सन्चालन भएका थिए।

जस अन्तर्गत जुनियर फुटसल तर्फ माउन्ट ओलिभ्स स्कुल प्रथम, भिमेस्वर एकेडेमी दोस्रो र ग्रीन फिल्ड नेशनल स्कुल तेस्रो हुन सफल भएका थिए भने सिनिएर बास्केटबल तर्फ ग्रीन फिल्ड नेशनल स्कुल प्रथम, युनिभर्सल सेकेन्डरी स्कुल दोस्रो र कान्तिपुर इङलिस स्कुल तेस्रो, त्यस्तै गरि क्रिकेट तर्फ कान्तिपुर इङलिस स्कुल प्रथम, ग्रीन फिल्ड स्कुल दोस्रो र अङ्कुर बिध्याआस्रम स्कुल तेस्रो, तेस्तै गरि टेबल टेनिस तर्फ समग्रमा आरुनी इङलिस स्कुल प्रथम, ग्रीन फिल्ड नेशनल स्कुल दोस्रो र कान्तिपुर इङलिस स्कुल तेस्रो , त्यसै गरि ब्याटमिन्टन छात्रा तर्फ समग्रमा ग्यालसी पब्लिक स्कुल प्रथम भएका थिए भने उदघाटन समारोहमा प्रस्तुत गरिएको मार्च पासमा प्रशान्ती एकेडेमी प्रथम, काठमाडौ बिनायक शिक्षालाय (केभिएस) दोस्रो र युनिभर्सल सेकेन्डरी स्कुल तेस्रो हुन सफल भएका थिए।
बिजेता बिधालय तथा खेलाडी बिद्यार्थीहरुलाइ भि एस कलेज चाबहिलमा शिक्षा बिकास तथा समन्वय इकाई काठमाडौका शिक्षा प्रमुख नन्दलाल पौडेल को प्रमुख आतिथ्यतामा भब्य समारोहका बिच पुरस्कार वितरण गरि समापन गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend