दिपक भुसाल
काठमाडौँ ५ पुस । मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सुशासन विना मूलक समृद्ध हुन नसक्ने बताएका छन् । पूर्व अध्यक्ष रेग्मीले असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने बताए ।
लायन्स क्लव काठमाडौँ लर्डबुद्धले आयोजना गरेको चार्टर ह्याण्डओभर कार्यक्रममा बोल्दै उनले क्लवले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए । रेग्मीले देशलाई विकास र समृद्धिको यात्रालाई सहज बनाउन प्रत्येक नागरिकले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने बताए ।

“विभिन्न सामाजिक संघ संस्थाहरुले गर्ने कार्यहरु देशको इज्जत प्रतिष्ठासँग जोडिएको उनको भनाई छ ।
लर्डबुद्धका अध्यक्ष हरि अधिकारीले क्लवले दुरदराज सम्म पुगेर दुःखी गरिवको घाउमा मलमपट्टी लगाउने काम गरिरहेको बताए । “हामी सधै नागरिकको मन जितेर काम गर्नका लागि प्रयत्नशिल रहेका बताए ।
कार्यक्रममा डिस्ट्रिक गभर्नर इन्दु लम्साल, लायन्स क्लव इन्टरनेश्नलका लिडरहरु राजन लम्साल, मनबहादुर रोका, विनोद ढुङगाना, भिमलाल पौडेल, महेन्द्र पौडेल, जोन चियर पर्सन विष्णु भण्डारी, लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, पत्रकार टंकप पन्त लगायतले मन्तव्य राख्दै समाजसेवाका लागि क्रियाशिल संस्थाहरुलाई सबै पक्षले सहयोग गर्नुपर्ने औंल्याए । कार्यक्रममा चर्चित लोक गायक रामचन्द्र चन्द र अन्य स्थानीय कलाकारहरुले प्रस्तुती दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend