सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

 दश हजार सेवा शुल्कले व्यवसाय चल्दैन सरकार, हामी माथि अन्याय भयो– महासचिव श्रेष्ठ ( भिडियो सहित ) 

 दश हजार सेवा शुल्कले व्यवसाय चल्दैन सरकार, हामी माथि अन्याय भयो– महासचिव श्रेष्ठ ( भिडियो सहित ) 

काठमाण्डौ ४ , पुस । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले सरकारले प्रावधान गरेको १० हजार सेवा शुल्कले व्यवसाय चलाउन नसकिने बताएका छन् ।

महासचिव श्रेष्ठले माउन्टेन टेलिभिजनमा प्रसारण हुने उधम र रोजगार कार्यक्रममा अन्तरर्वार्तामा यस्तो कुरा बताएका हुन । महासचिव श्रेष्ठले सरकारले वैदेशिक रोजगार व्यवसायीले राज्यलाई गरेको योगदानको मुल्याङ्कन गर्न नसकेकोमा दुःख समेत व्यक्त गरे ।

उनले वैदेशिक रोजगारमा देखिएका समस्यालाई समाधान गर्न सरकार लगायत सरोकार निकायहरु संग छलफल भईरहेको समेत बताए । अस्वस्त प्रतिस्पर्धा र नियम विपरित काम गर्न मेनपावर कम्पनीलाई संघले बचाउन नसक्ने बताए । उनले विगतका संघका नेतृत्वले जे–जे काम गरेको भएता पनि अहिलेको संघको नेतृत्वले उदाहरणीय काम गरेर देखाउने दावी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend