काठमाडौं ३, पुस । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्डको निर्माण कार्यमा ढिलाई भए कारबाही गर्ने चेतावनी दिएका छन् ।
नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा साइडमा बिहीबार मन्त्रालयका सचिवसहितको अधिकारीहरुको टोली लिएर पुगेका मन्त्री मानन्धरले निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिए ।
मन्त्री मानन्धरले सरकारी निकायबीच समन्वय हुन नसके सिधै आफूलाई रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाही गर्ने चेतावनी दिए ।
आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए ।
देशमा स्थिर सरकार भएकाले विकास निर्माणका कामले गति लिने बताउँदै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको शहरी सुन्दरता कायम गर्नका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
मानन्धरले मन्त्रालयको जिम्मेवारी सम्हाले संगै शहरी विकास मन्त्रालयले फड्को मार्न थालेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend