सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी १५ हजार घुस मागेको आरोपमा प्रहरी जवान पक्राउ

मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी १५ हजार घुस मागेको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं २, पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका एक जना प्रहरी जवानलाई सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस माग गरिरहेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागी रहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइएको टोलीले उनलाई कलैया उपमहानगरपालिका(३ बाट नियन्त्रणमा लिएको हो । यस बारेमा थप अनुसन्धान जारी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend