काठमाडौँ १, पुस । पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाईएको छ । पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
फैसलाको पूर्ण पाठ ४८ घण्टाभित्र जारी गरिनेछ । मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुर्सरफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । पूर्व सैन्य प्रमुख अहिले दुबईमा बसोबास गरिरहेका छन् । एजेन्सी
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend