सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सामाजिक संजाल फेसबुक वरदान कि अभिसाप !

सामाजिक संजाल फेसबुक वरदान कि अभिसाप !

शिवराज पौडेल—
मार्क जुकरबर्ग अर्थात फेसबुकका जन्मदाता भन्दा बित्तिकै आजकल मलाई झसङ्ग हुन्छ ,हुटहुटी पनि हुन्छ कि उनले मानिसको जनजिवनलाई प्रविधिमैत्री बनाउन सहयोग गरे की, अल्लविकसित मुलुकका मानिसको समय बर्वादि यो प्रश्न अहिले गम्भिर रुपमा खडा भएको छ।

जब फेब्रुवरी ४ २००४ मा यसको लन्च भयो तब विश्वभर यसको प्रयोग र प्रसार गुणात्मक तवरमा फैलियो ।हिजोआज संसारका अधिकांश मानिसको रोजाइमा सामाजिक संजाल पर्ने गरेको छ ।सामाजिक संजाल अन्तर्गत मुख्य रुपमा फेसबुक,ट्वीटर,इन्सटाग्राम,भाइभर लगायतका विषय पर्दछनजसमा हामी यहाँ मुख्य रुपमा फेसबुकका उपयोगिता र दुरुपयोगमा केन्द्रित हुनेछौ ।

फेसबुक अर्थात९मुहारपुस्तिका०अहिले बिस्वको मात्र नभइ नेपाल मा पनि वेभ साइटको तुलनामा निकै अगाडी भएको पाइएको छ।विश्वका वेबसाइटहरूको सूचीमा गुगल पहिलो स्थानमा छ भने नेपालमा पहिलो स्थानमा फेसबुक छ।सञ्चारको साधन हुन पुगेको फेसबुक अहिले भावना व्यक्त गर्न, कुराकानी गर्न, प्रचारप्रसार गर्न एवं नयाँ व्यक्तिहरूसँग परिचित हुनसमेत प्रयोग हुन थालेको छ।

फेसबुक ले गर्दा मानिस हरुले निकै उपयोगिता र दुरुपयोगको साधन बनाएका छन।कागले कान लग्यो भनेपछि कागको पछि लाग्ने नेपाली उखान सामाजिक संजाल फेसबुकको हकमा पनि लागु भएको छ ।कसैले केही भनेकै भरमा लेखेकै भरमा तुरुन्तै धारणा बनाइ हाल्ने प्रवृति आजका अधिकांस फेसबुक प्रयोगकर्ता मा देखा परेको छ।

केहि ब्याक्तिहरुले फेसबुक मा समाजले पचाउनै नसक्नेखालका भावना,मन्तब्य,आक्रोस,लेखरचना,अस्लिलतस्बिर,भिडियो राखिदिदा फेसबुक चलाउने वौद्धिक वर्गहरुलाई भने यसले इरिटेसन नै बनाएकोछ।फेसबुक लाइ सहि समय र नियम अनुसार संचालन गरिएमा फेसबुक एउटा गाउको ब्याक्ति देखि उच्व स्तरका ब्याक्तिहरु बीचको एउटा संचार माध्यम को पुल बन्न सक्छ ।

अन्यथा यो हाम्रो समय ब्रबादी गरिदिने भाईरस भन्दा फरक नहोला । मनोरंजन तथा समाचार आदि छिटो भन्दा छिटो सबैको हातमा पन सफल फेसबुक हाल नेपालको शहरी जिल्ला हुदै क्रमश गाँउगाँउ सम्म समेत फैलिसकेको छ ।
सामाजिक संजाल फेसबुकका उपयोगिता खासमा मुख्य रुपमा के फाईदा गर्छ त सामाजिक संजाल फेसबुकले रु जसलाई बुदागत रुपमा यसरी लेख्न सकिन्छ।

सूचनामा सामान्य नागिरकको पहुँच हनु र प्रविधि संग थोरै धेरै आवद्ध हुनु।

विश्व एउटा ग्लोबल भिलेजको रुपमा विकसित हुनु ।छोटो समयमानै समाचार आदान प्रदान हुनु ।

सामान्य ज्ञान र विश्व परिवेशमा भए गरेका समसामहिक गतिविधिहरुको बारेमा अपडेट भइरहनु ।सूचना प्रविधिले गर्दा मानिस जाँगरिला, सिर्जनशील ररचनात्मक बन्दै गएको पनि देखिन्छ।

अहिलेविश्वमा सबैभन्दा ठूलो दवाब समूह सामाजिक सञ्जालहरुनै हुन् । सामाजिक सञ्जालले जनमत बनाउदछ।

यस्ता सञ्जालमा जनताले राखेका धारणाका आधारमा सरकारले आफ्नो नीति तथा निर्णयमा पुर्नविचार गर्न सक्छ।गलत निर्णय गर्ने ठुलाठुला पदमा आसिन व्यक्तिहरुको पद च्युत गर्न पनि सामाजिक संजालले टेवा पुर्याउदछ। सामाजिक संजालमा आक्रोश होइन विवेकका आधारमा विचार राख्नुपर्छ ।

ज्ञानको भण्डारको रुपमा पनि यो निकै उपयोगी बन्न सक्छ जस्तो,राम्रा कुरा ग्रहण गर्ने र नराम्रा ज्ञान र जानकारीलाई मन, मस्तिष्कमा घुस्नै नदिने काम भविष्यका कर्णाधार विद्यार्थीहरूलेगर्नुपर्दछ।विभिन्न सफ्टवेयर मार्फत आफ्ना कक्षाकार्य र गृहकार्यहरू ठीकसँग समयमानै सम्पन्न गर्न सक्षम बनाइदिएको छ ।

 सामाजिक सञ्जाल आफ्नो व्यक्तिगत पीरव्यथा र खुशी साट्ने थलो मात्र हैन, बौद्धिक बहस गर्ने चौतारीसमेत भएको छ।पछिल्लो समय त चुनावी क्याम्पियन र एजेण्डा सेटिङको सशक्त माध्यमका रूपमा पनि सामाजिक संजाल देखापरेको छ।के शहर,केगाउँ जहाँका मानिसहरु पनि सामाजिक सञ्जालमा झुम्मिएकै छन् ।

अर्कोतिरसामाजिकसाजालयतिबेलासमाचारस्रोतकोपनिनिक्कैसजिलोमाध्यमबनेकोछ ।संसारभरघटेकाघटनाहरू प्रत्येक साइटमा पुगेर अपडेटेड हुन सम्भब छैन तर फेसबुक टुइटरले छिनभर मै संचार हामीसम्म ल्याई पुराउछन् र संचारको लागि पनि यो निक्कै उपयोगी र सस्तो बनेको छ।

सामाजिक संजालका दुष्प्रभावहरु

सामाजिक संजाल प्रयोग गर्दा प्रयोगकर्ताको आफ्नो दायित्व हुन्छ जुन उसले संजालको मर्यादा, मर्म र अनुशासन पालन गर्दै पूरा गर्नुपर्छ। जुन कुरा प्रसारित वा सेयर गर्दै छौ त्यसको प्रयोजनको हेक्का र संयमीतहुनजरुरी छ।कहिले काहि नबुझीकन या बुझिबुझि लाईक सेयर अनि कमेन्ट गर्दा कसैको जागिरनै गएको त कसैलाई साईबर अपराध अन्तरगत मुद्धा चलाईएको समाचार हामिले बेला बेलामा सुन्ने गरेका छौ ।पछिल्लो समय सामाजिक संजालका दुष्प्रभावहरु अत्यधिक उजागर हुन थालेका छन् ।जसलाई यसरी उजागर गर्न सकिन्छ ।

प्रधानमन्त्री राष्ट्रपती जस्ता व्यक्तिको फोटाहरु बिभिन्न तरिकाले जोडेर चरित्र हत्या गर्ने काम बारम्बर देखिदै आएको छ।अमर्यादित सामग्री, व्यक्तिको चरित्रहत्या जस्ता कार्यले सामाजिक सञ्जालको प्रयोगलाई जोखिमपूर्ण बनाउँदै लगेको छ ।

सामाजिक सञ्जालमा कति समय बिताउनु उपयुक्त हुन्छ र कुन हद पार गर्दा यसको लतमा परेको मानिन्छ यस विषयमा केही अनुसन्धान पनि भएका छन् तर, कुनै ठोस निश्कर्ष दिन सकेका छैनन् । तर, यो तथ्य चाहिँ पुष्टि भइसकेको छ कि सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने मानिसहरु मानसिक रोगको शिकार बन्ने खतरा हुन्छ।एकोहोरो हुने, झर्को मान्ने, रिसाउने, रक्तचाप बढ्ने जस्ता समस्याहरु बढ्दै गएको स्वयं चिकित्सक हरु पनि बताउने गरेका छन।

यो एक प्रकारको रक्सी वा ड्रग्सको नशाजस्तै हो ।यसो केही भयो मोवाईल खोली हाल्ने मोवाईल बिना एकछिन पनि अडिन नसक्नेबनाएको छ।जसले गर्दा मानिसको सुत्ने,उठ्ने,पढ्ने समयमा नै अस्वभाविक रुपमा परिवर्तन आएको छ ।

डरलाग्दो विषय अनि मन सिरिङ्ग बनाउनेअर्को विषय दुर्घटनामा परेका पीडित व्यक्तिका दर्दनाक कारुणिक फोटोहरु उनीहरु वा आफन्तको स्वीकृति बिनै यत्र(तत्र आउछन जसले गर्दा आफन्तमा बेहोस हुने, आत्महत्या गर्ने जस्ता घटना घट्न पुग्दछन । जुन हामीले प्रत्यक्ष देख्दै आइनै रहेका छौ ।

अर्कोतिर यसको आबश्यकभन्दा बढीको प्रयोगले भर्चुअल संसार मै हराउने, सुचानाहरू चुहाउने वा साइबर एट्याकको खतरा दिनानुदिन बढ्दै गईरहेको छ।

सामाजिक सञ्जाल मार्फत सामाजिक उछृङखलता र विखण्डनकारी विचारहरुले पनि बढावा पाउँदै गएका छन्।अराजकतावादी तत्वहरुले गलत सूचना र विचार प्रवाहका लागि सामाजिक सञ्जालको दुरुपयोग गरिरहेको देख्न सकिन्छ ।

असावधानीपूर्वक मोवाईल फोनको प्रयोग जस्तै बाटो काट्दा, गाडी चलाउदा गाडी चढ्दा पनि मोबाइल फोनमा झुण्डिदा दुर्घटना बढेर गएको छ ।

आफ्नो पट्टि भन्दा फरक पट्टिको विचारलाई स्वीकार गर्न नसक्नु, पूर्वाग्रह तरिकाले आरोप लगाउनु, चरित्र हत्या गर्नु, अरुको सही विचारलाई पनि बङ्गाई टिङ्गाई गर्नु ।

विधार्थीहरुको पढ्ने लेख्ने समयमा बेला नपुग्दै फेसबुकमा अल्झिदा पढाईमा नकारात्मक प्रभाव परेको छ । ज्ञानवर्द्धक भन्दा पनि अनावश्यक साइट मा लत बसाल्ने गरेको पाईन्छ ।विधार्थीहरुले यसको सहि उपयोग गरेमा फेरी यो बरदान पनि बन्न सक्छ किनकी यसमा संसार अडिएको छ । तर हाम्रोमा ठिक उल्टो भएको छ जुन चिन्ताको विषय बनेको छ।

अभिभावकहरु आफ्ना नानी बाबुलाई संस्कार सिकाउन भन्दा पनि सुख र सुविधा दिन खोज्दा व्यवहारीक ज्ञान, असल संस्कार र सामाजिकीकरण हुनबाट बन्चितीकरण भएका छन।पढ्ने बेलाको गोल्डेन समयमा लाईक, कमेन्ट, फोटा अपलोड शेयर गरेरै विताउन थाल्दा भविष्यका कर्णधार कता तीर जादैछन भन्ने गम्भिर चिन्ता र चासोको विषय बनेको छ । त्यो विद्यार्थीको ध्येय, ध्यान र दृष्टिकोणमा भर पर्ने कुरा हो ।फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार भनेजस्तो हो।प्रयोग गर्न जाने वरदान हो नजाने अभिसाप हो।

सामाजिक संजालमा पोष्ट हुने अधिकांश विषय प्राय व्यक्तिगत हुन्छन । सामाजिक सञ्जालको अर्को खतरा भनेको व्यक्तिगत गोपनीयता जोगाउन गाह्रो हुनु हो । फेक आईडि मार्फत कसैको चरित्र हत्या गर्ने र गोपनियता भङ्ग गर्ने परिपाटि पनि पछिल्लो समय निकै देखा परेको छ ।

चित्त नबुझेको सम्पुर्ण कुरा सामाजीक संजाल मार्फत व्यक्त गर्दा कैयौको पारिवारिक विखण्डन र मित्रतामा गम्भिर समस्या सिर्जना गराएको छ ।

यसले सूचनाको पहुँचमा बिस्तार गरेतापनि गरिबिको खाडल झन बढाएको छ।किनकी ‍मध्यम बर्ग र निम्न बर्गको रोजाईमा महङ्गा ब्राण्डेड मोबाईल बोक्ने र सकी नसकी रिन खाजेर भएपनि राम्रो मोबाईल बोक्ने होडबाँजी चलेको छ।

शौचालयमा पनि लामो समय मोबाईल चलाउदा पाएल्स को जोखिम बढेर गएको चिकित्सक को भनाई रहेको छ ।

परिवारमा सहिष्णुता र भाइचाराको अभाव हुदै गएको छ किनकी सबै आफ्नो पारामा मोवाईलमा झुन्डिने नबोल्ने खाना पस्केको धेरै बेर सम्म पनि खान नआउने गर्दा अभिभावकलाई वाक्क दिक्क बनाएको छ ।

लामो समय मोबाइलमा व्यस्त रहदा आँखामा धेरै समस्या आउने गरेको पाइएको छ। त्यस्तै मस्तिष्कमा समेत असर गर्ने गरेको चिकित्सकहरुको भनाई छ ।

देश शोकमा रहेको बेला पनि आफ्ना घुमाई९फिराईका,उल्लासका, मनोरंजनका र अन्य यस्ता फोटोहरु पोस्ट हुने गर्दछन जुन मानवियता विरुद्धको कार्य रआफ्नो कर्तव्य बाट च्युत हुनु हो ।त्यसैले तपाईलाई जुन कुराको आधार र सत्यता माथि विश्वास छ र जुन कुराले अरूहरुको मानहानी हुँदैन वा अधिकारमा खलल पर्दैन, कृपया त्यो कुरा मात्र प्रसारित वा सेयर गरौं।

अर्को महत्वपूर्ण विषय चाहि सामाजिक संजालको जानि नजानी प्रयोग गर्दा वा जथाभावि रुपमा घरमा मोवाइल छोडि हिड्दा साना साना बालबालीकाले अज्ञानवस चलाउदा अपलोड भएका विषयले पनि कुनै कुनै बेला विवादमा ल्याउने गरेको छ।

बर्तमानपरिस्थितिमासामाजिक संजाल प्रयोग गर्दा सीमित मात्रामा समय छुट्टयाउने, अपरिचित ब्यक्तिहरूको अनुरोध स्वीकार नगर्ने, आफूले लेखिएका कुराहरू संयमतापूर्वक र अनुशासित ढंगले अरूलाई चोट नपुर्याउने तरिकाले सम्पेषण गर्ने गरेमा अवश्य पनि नकारात्मक भन्दा सकारात्मक प्रभाव बढी पर्छ।

सामाजिक संजाल निजी कि सार्वजनिक

सामाजिक सञ्जालको प्रयोग सबैले एकै ढंगले गर्छन् भन्ने छैन ।सामाजिकसञ्जालको विभिन्न तरिका तथा उद्देश्यले प्रयोग भइरहेको छ।मुख्यत निजी र सार्वजनिक गरी दुई उद्देश्यले प्रयोग गरिएको देखिन्छ ।

आफ्ना परिवार तथा दैनिक जीवनका फोटोहरु पोष्ट गर्ने, परिचितहरुसँग निरन्तर सम्पर्कमा रहने, परिचय तथा मित्रता बढाउने माध्यमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने धेरै छन्।त्यसैगरी सार्वजनिक जीवन, सामाजिक,राजनीतिक तथा समसामयिक विषयमा सामाजिक बहस तथा सूचना प्रवाहका लागि सामाजिक सञ्जालको प्रयोग गरिएको पाइन्छ ।
सामाजिक सञ्जालमा सामाजिक नै भएर प्रस्तुत हुनुपर्छ, असामाजिक बन्न हुँदैन ।

सहिष्णु बन्नुपर्छ, असहिष्णु बन्न हुँदैन।असहमत र फरक विचारको आलोचना गर्न हुन्छ, बहस गर्न हुन्छ तर मर्यादा र शिष्टाचारको लक्ष्मण रेखा नाघ्न हुँदैन ।एक्लै कोठामा या कुनै ठाउँमा भएको बेला सामाजिक सञ्जालमा विचार लेखिन्छ तर त्यो विचार सार्वजनिक रुपमा प्रस्तुत हुन्छ सबैले मेरो विचार हेर्छन र प्रतिकृया दिन्छन भनेर हेक्का राख्नुपर्दछ ।अरुका सकारात्मक काम तथा विचारको प्रशंसा गर्नसामाजिक सञ्जालको उपयोग गरिनुपर्छ।

सकारात्मक टिप्पणीले व्यक्तिलाई सकारात्मक काम गर्न उत्प्रेरणा मिल्छ ।अर्थात्, सामाजिक सञ्जालमा विचार लेख्दा तपाईं एक्लै हुनुभए पनि लाखौं अदृष्य मानिसले तपाईंलाई हेरिरहेका हुन्छन् ।

अइले त झन् रेडियो टिभि पत्रपत्रिका भन्दा पनि बढि सामाजीक संजालहरु हेरिने भएकोले सोच विचार गरेर मात्र धारणा राख्ने गर्नुपर्दछ ।त्यसैले सामाजिक संजाललाई स्मार्ट बन्न अरुलाई देखाउन भन्दा पनि सकारात्मक विषयमा टिकाटिप्णी, बहस तथा पैरवि गरेर समाज र देशलाई योगदान गरौं ।यसो गरेमा मात्र प्रविधि एवं सामाजिक संजाल वरदान सावित हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend