सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पिछडा वर्गको अधिकारको लागी लोकदलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने केन्द्रीय बैठकको निर्णय

पिछडा वर्गको अधिकारको लागी लोकदलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने केन्द्रीय बैठकको निर्णय

देशको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक गतिविधिबारे छलफल गर्न राजधानीमा बसेको लोक दलको केन्द्रिय नेताहरुको बैठकले बिभिन्न कार्य योजना सार्वजनिक गरेको छ । लोक दलका अध्यक्ष कौशल कुमार सिंहको अध्यक्षतामा बसेको बैठकले पिछडावर्गको अधिकार, आरक्षण र आयोगको विषयमा पार्टीले प्रधानमन्त्री, सभामुख लगायत विभिन्न मन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । पिछडावर्गको अधिकारको लागि अन्य राजनीतिक दल र पिछडावर्ग को क्षेत्रमा कार्य गर्ने संघ संगठनहरुसंग सहकार्य र समन्वय गर्ने ,मगही र बज्जिका भाषाको विकासको लागि भाषा आयोग र सरकारसँग समन्वय गर्ने, यसका साथै संगठनका अन्य गतिविधिहरुलाई अगाडी बढाउने निर्णय समेत गरेको ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend