सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडौँ ३०, मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई निधन भएको छ । भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल र्पुयाइएका उनलाई तत्काले मृत घोषणा गरिएको थियो ।

उनको अचानक मृत्यु के कारणले भयो भन्ने बारेमा केही खुलेको छैन । ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन् । करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय रहँदै आएका थिए ।

पछिल्लो पटक उनले यात्रा नामक सिनेमा निर्माण गरेका छन् । ‘यात्रा’सहित उनले ‘आफ्नो मान्छे’, छोडी गए पाप लाग्ला’, देवर बाबु’, कर्मयोद्दा’,सो सिम्पल’, ‘ब्रासलेट’ लगायतका सिनेमा निर्माण गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend