काठमाडौं २९ मंसिर, । जावलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगको लागि टिम सार्वजनिक गरेको छ ।
नेपाली खेलाडी २१ जना र बिदेशी खेलाडी ३ जना समावेश गरी जावलाखेल युथ क्लब ले टिम घोषणा गरेको हो ।
प्रमुख प्रशिक्षक नरेश थापा रहेको टिममा कुलदिप कार्कि को कप्तानि मा खेलाडी हरु टिकेन्द्र थापा , अरुण ब्लोन ,रजित आलेमगर, सुशील कुमार यादब,सिमान्त थापा ,निरबहादुर आले , गौतम श्रेष्ठ , बिजय घलान ,सुरज घिमिरे,हरि कठायत,दिलन लोक्तान ,अभिषेक वाइबा ,यज्ञ प्रधान ,रुप बहादुर लामा,समीर कार्कि , अरुण तामाङ्ग, सुरज ठकुरि , मनिष पौडेल , विमल घिसिङ रहेका छन् ।
ए डिभिजन लिग २०७६ खेलमा जावलाखेल ले २ गते (बुधबार ) थ्रिरी स्टार क्लबसँग खेल्नेछ। यस्तै क्लबले लिगका लागि जर्सीसमेत सार्वजनिक गरेको छ ।
क्लबका अध्यक्ष महेन्द्र क्षेत्रि कप्तान कुलदिब कार्की र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले जर्सी सार्वजनिक गरेका हुन् ।
यस्तै क्लबका मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ । अब क्लबले प्रभु बैक जावलाखेल युथ क्लबको नामबाट लिग खेल्ने क्लबले जनाएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङले जावलाखेल क्लबले व्यावसायीकरण गर्नको लागि पाइला अगाडि सारेको बताए ।
तर नेपाली क्लबहरु अझै पूर्ण रुपमा व्यावसायी भइनसकेकोले त्यसका लागि पहिले क्लब स्थापित हुनु पर्ने बताए प्रभु बैक का सियो असोक सेरचन ले लिगको ५ सम्म पुगे पनि अयोजक रहि रहने बताउनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend