सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल मेडिकल शो काठमाडौंको भृकुटी मण्डपमा सुरु

नेपाल मेडिकल शो काठमाडौंको भृकुटी मण्डपमा सुरु

काठमाडौं २८, मंसिर । नेपाल मेडिकल सो को चौथो संस्करण २०१९ भृकुटी मण्डपमा सुरु भएको छ । भारतका स्वास्थ्य सम्बन्धी मेला आयोजक एस.डी प्रोमोको आयोजना रहेको उक्त मेला नेपालको तर्फबाट स्वास्थ्य उपकरण तथा रसायन आायकर्ताहरुको छाता सगंढन केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) रहेको छ ।

स्वास्थ्य सामाग्री , अस्पताल फर्निचर तथा रसायनहरूको वृहत् प्रदर्शनी तथा नवीन डाइग्नोष्टिक उपकरण समेटिएको यस नेपाल मेडिकल सो स्वास्थ्य मन्त्री भानुभक्त ढकालले समुद्घाटन गरे । यस प्रकारको मेडिकल सो सञ्चालनले नेपाललाई विश्व स्वास्थ्य प्रविधि समम पु¥र्याउन सहयोगी भएको उनले बताए ।

उपचार पद्दतीलाई प्रविधि मैत्री बनाउने यस क्षेत्रलाई प्रत्यक्ष सहयोग पु¥र्याउने एन नियम निमार्ण तर्फ सरकार सधैँ तयार रहेको छ । स्वास्थ्य उपकरणमा लाग्दै आएको भन्सार महसुल दर घटाउन आर्थिक एन सम्पादनका लागि आगामी दिनमा सरकारी सहयोग रहने आश्वासन दिएका थिए ।नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष उमेश लाल श्रेष्ठले डाक्टरले बिरामीको उपचार परम्परागत जिब्रो वा आखांको रगं हेर्ने छाडी ल्याब रिर्पोटको आधारमा गर्दछन् ।

तर सरकारबाट यहि रिपोर्ट उपल्व गराउने स्वास्थ्य उपकरण आयातमा उच्च भन्सार महसुल लगाई राजस्व असुल्ने सरकारी रवैया बन्द हुनपर्नेमा जोड दार माग राखेका छन् । सरकारकारको “सुखी नेपाली समवृद्द नेपाल” नारा सफल हुन स्वास्थ्य नागरिकको सख्ंया उल्लेखनीय भएसँगै, सुलभ मूल्यमा स्वास्थ्य उपचार उपल्वध हुन आवश्यक रहेको उनको जिकिर थियो ।

आ.व २०७५÷७६ मा निजी क्षेत्रबाट २२ खर्व र सरकारी निकायबाट मात्र १५ खर्वको राष्ट्रिय ग्राह्स्थय उत्पादनमा योगदान गरेको तथ्याङ्क बताउँदै , राज्यले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य सञ्चालकको रूपमा हेरिनु पर्ने बताएका थिए ।

मेडिकल शोको महत्त्वको बारेमा बताउँदै केसमानका अध्यक्ष सुरेश घिमिरेले गुणस्तरीय स्वास्थ्य सामाग्री तथा उपकरण उपल्व गराउने केसमानको प्रमुख लक्ष्य अनुसार सन २०१६ देखि मेडिकल सो सञ्चालनमा आएको हो ।

नेपालमा हाल सम्म जिल्ला अस्पतालमा सिटी स्क्यान,एम.आर.आई जस्ता महँगा स्वास्थ्य उपकरण पून्ह प्रयोगका लागि भित्रिने गरेको पाइने गर्दछ । यस प्रकारका अनधिकृत क्रियाकलाप नियन्त्रण भई उपकरण आयात कर्ता र तिनका ब्रान्ड औषधि व्यवस्था विभाग अन्तर्गत दर्ता हुनुुुुुुुुुुुुुुुुुुुपर्ने माग राखेका थिए ।

त्यस्तै नेपाल औषधि व्यवसायी सधं केन्दि«य अध्यक्ष मृगेन्द« मेहेर श्रेष्ठले आयातित स्वास्थ्य उपकरण तथा रसायन औषधि व्यवसायी मार्फत नेपाल भर उपल्व गराउन सफल भएको उनले दाबी गरेका छन् । तर सरकारी भ्याट र उच्च आयात भन्सार महसुल दरका कारण सुलभ मूल्यमा गरिबिका रेखा मुनी रहेका जनता सुलभ उपचार पाउनबाट वञ्चित हुनु परेका दुःख व्यक्त गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend