काठमाडौं २८, मंसिर । निजी विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सन काठमाडौँको आयोजनामा तेश्रो एन प्याब्सन बृहत सप्ताह व्यापी खेलकुद महोत्सव २०७६ पौष १ गते देखि सुरु हने भएको छ ।
प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।शनिवार सम्बाद चौतारीमा पत्रकार सम्मेलन गरि आयोजकले दिएको जानकारी अनुसार पौष १ गते टुँडिखेलमा २ हजार भन्दा बढि विद्यार्थीहरुको मार्च पास सहित महोत्सवको भव्य उद्घाटन गरिने छ ।

नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा उद्घाटन हुने खेल मोहत्सव एक साता सम्म संचालन हुने छ ।
खेल महोत्सवमा जुनियर फुटसल, टेबल टेनिस, सिनियर बास्केटबल,सिनियर क्रिकेट ,छात्रा व्याटमिन्टन लगायतका खेलहरुमा नेशनल प्याब्सन काठमाडौँमा आवद्ध सदस्य विद्यालयका विद्यार्थीहरु विच प्रतिस्पर्धा हुनेछ ।खेलहरु फरक फरक स्थानमा संचालन हुने पनि आयोजकले जनाएको छ ।
साताव्यापी खेल मोहत्सवमा ५ हजार भन्दा बढि विद्यार्थीहरुले प्रतियोगिका रुपमा सहभागीता जनाउँने र यस्ता कार्यक्रमले समग्र राष्ट्रकै खेल क्षेत्रको विकासमा महत्वपुर्ण योगदान गर्ने एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुलीले बताउँनु भयो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend