सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैदेशिक रोजगार व्यवसायी र प्रहरीको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

वैदेशिक रोजगार व्यवसायी र प्रहरीको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं २७, मंसिर । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा ट्राफिक  नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरेको छ । संघले आज काठमाडौं लगायत देशका बिभिन्न ठाउँमा एक हप्ता आप्रवासन दिबस मनाउने क्रममा ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरेको हो ।

काठमाडौंको कोटेश्वर, बालाजु,गौशाला ,एअरपोर्ट, कलंकीमा लगायत बिभिन्न ठाउँमा नेपाल ट्राफिक प्रहरी संगको सहकार्यमा जनचेतना कार्यक्रम गरेका वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदार त्यस देशको ट्राफिक नियम सम्बन्धी प्रयाप्त जानकारी नहुँदा दुर्घटनामा पर्ने गरेको घटनालाई मध्ये नजर गरेर विदेश जाने कामदारले ट्राफिक सम्बन्धी केही जानकारी लिन सकुन भनेर जनचेतना कार्यक्रम गरेको संघका सचिव भुर्तेलको भनाई छ ।

सन् १९९० देखि हरेक वर्षको डिसेम्वर १८ का दिन विश्वभर आप्रवासन दिवस मनाउने गरिएको पाइन्छ । नेपालबाट युवाहरु वैदेशिक रोजगारीमा जान थालेको करिब दुईसय वर्ष भएपनि नेपालमा यो दिवस मनाउन थालेको केही दशक मात्र भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend