सिन्डिकेट हटाउन नहुने भन्दै आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरु सरकार संग डराएका छन् । सिन्डिकेट हटाए कडा रुपमा उत्रिने बताएका व्यवसायीहरु अन्तत आन्दोलन अन्ततः आन्दोलन बाट पछि हटेका हुन् । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न सहमत भएका हुन् । यसले अव के देखाउछ भने आन्दोलन नगर्ने अन्तिम अवस्थामा पुगेको बुझन सकिन्छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माका अनुसार पक्राउ परेका अध्यक्ष कर्माचार्यसहितका पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका छन्।
पक्राउ परेका व्यवसायीहरुसँग महानगरीय प्रहरी परिसर टेकुमा छलफल भइरहेको भयो । यातायात व्यवसायीहरु देशभर गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए । त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो । अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाडौंमा पक्राउ गरेको थियो । प्रक्राउ संगै उनीहरुको सम्पत्ति समेत छानबिन गर्ने र गाडीको रुट समेत खारेज गरिदिने सरकारले चेतावनी दिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend