सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते, केही व्यक्ति सम्पर्क विहीन

आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते, केही व्यक्ति सम्पर्क विहीन

काठमाडौं २३, मंसिर । न्यूजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २० जना घाइते भएका छन् । केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

सो क्षेत्रमा कम्तिमा एक सय जना फसेको आशंका गरिएको बीबीसीले जनाएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्याकिडा आर्डर्नले घटनाको पुष्टि गर्दै यो विष्फोट निकै ठूलो भएको बताएकी छन् ।

स्थानीय प्रहरी अधिकारीले घटनास्थलबाट केहीलाई उद्धार गरिएको र केही सम्पर्क्विहीन भएको बताएका छन् । उद्धार गरिएकामध्ये अधिकांशको शरीर जलेको छ र कतिपयको अवस्था गम्भीर छ । प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

न्यूजिल्याण्डको उत्तरतर्फ पर्ने ह्वाइट आइल्याण्ड ह्वाकारी भनेर पनि चिनिन्छ । यो देशकै सबैभन्दा बढी सक्रिय ज्वालामुखी भएको क्षेत्र हो । सक्रिय ज्वालामुखी भए पनि यो पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ ।

यहाँ सन् २००१ यता पहिलो पटक ज्वालामुखी विष्फोट भएको हो । ज्वालामुखी विष्फोट हुँदा सो क्षेत्रमा धेरै पर्यटकहरु थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend