काठमाडौं २३, मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियुले बाँकेको कोहलपुरमा आइतबार बालबालिकामाथि प्रहरीबाट अमानवीय कार्य भएको भन्दै घटनामा संलग्न दोषीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।
अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले सोमबार विज्ञप्ति जारी गरी त्रिभुवन माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द विद्यालय हातामा प्रवेश गर्नै लाग्दा ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थी आक्रोशित भएर विरोधमा उत्रनु स्वाभाविक भएको बताएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend