मंसिर २३, काठमाडौ । पशु कल्याण संघ नेपालले सरकारले गढीमाई मेलामा बली प्रथालाई निरुसाहित गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा प्रोत्साहन गरेको आरोप लगाएको छ । ललितपुरमा पत्रकार सम्मेलन गर्दै संघले राज्य पक्षबाट गढी माई मेलामा आफूहरुलाई दुर्व्यवहार गरेको समेत आरोप लगाएको छ ।
पशु कल्याण संघका अध्यक्ष स्नेह श्रेष्ठले सरकारी तबरबाट गढीमाई मेलामा गरेका प्रतिद्धतामा कुनै सहयोग नगरेको बताईन् । अध्यक्ष श्रेष्ठले गढीमाई मेला व्यवस्थापन मूल समिति तथा सम्बन्धित सरकारी निकायले बली नदिने तथा पशुपंक्षि संरक्षणका लागि गरेका प्रतिवद्धताको बिपरित अमानवीय र बर्वर पशु हत्याले निरन्तरता पाएकोमा दुख व्यक्त गरिन् ।
उनले सम्मानित सर्वोच्च अदालतको आदेशलाई समेत चुनौती दिने गरि भएको यो बर्वर बलीको पशु कल्याण संघ नेपालले घोर निन्दा गर्दैै सर्वोच्च अदालतमा मुद्धा हाल्ने तयारी गरेको बताईन् ।
संघले गढीमाई मेलामा ४ हजार राँगाहरुको बली दिइएको र दशौँ हजारको संख्यामा अरु पशु पंक्षिहरु बिशेष गरि बोका र कुखुराहरुको बली चढाईएको पाईएको बताएको छ । यस पशु कल्याण संघ नेपालले आफनो स्थापना देखी नै पशुबलीको विरुद्धमा निरन्तर रुपमा अभियान संचालन गर्दै आएको छ ।
https://www.youtube.com/watch?v=wDxFEDuvX8U&fbclid=IwAR0VKplDdMLqMTH7YguT6j6ro759LV5z2UgNO5sZmfz6yPcqmkSJvRuTsQU
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend