मंसिर २१, काठमाडौ । चन्द्रगिरी सरोकार समाजको आयोजना र मेदान्त आयुर्वेद हेल्थहोम कलंकीको प्राविधिक सहयोगमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । थानकोट चन्द्रगिरी नगरपालिका ७ रहेको प्रभात माध्यमिक विद्यालय गरिएको निशुल्क स्वास्थ्य शिविरमा पिनास, माइग्रेसन, नसा, हाडजोर्नी सम्बन्धी निशुल्क परामर्शका साथै औषधी वितरण गरिएको थियो ।
चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख अतिथ्यतामा सम्पन्न शिविरमा निशुल्क औषधी वितरण गरिनुका साथै निशुल्क रुपमा रगत, सुगर, युरिक एसिडको परिक्षण गरिएको आयोजकले जनाएको छ ।
एक दिने स्वास्थ शिविरबाट करिब ३ सय ५० जनाले स्वास्थ्य लाभ लिन सफल भएको चन्द्रगिरी सरोकार समाजका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयो । आगमी दिनमा पनि यस्तो समाजिक कार्यलाई निरन्तरता दिने थापाको भनाई थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend