सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएन

स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएन

काठमाडौं १३,मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन ।
अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम कार्यालय धाउनुपर्ने सास्ती उस्तै छ । यस्तै समस्याको भुक्तभोगी हुन्, उपत्यकाबाहिरका मिलन नेपाली ।

श्रम स्वीकृतिका लागि गएको बिहीबारदेखि निरन्तर धाउँदा बल्ल बिहीबार आठ दिनमा श्रम स्वीकृति लिएको उनले ब। मिताएलन पहिलो पटक यस्तो स्वीकृति लिएर माल्टा जाँदै छन्। समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा श्रम स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नआएकोप्रति उनले आक्रोश पनि पोखे। ’श्रम स्वीकृतिका लागि के के कागजात चाहिन्छ भन्ने थाहा नहुँदा आठ दिन लाग्यो तर बल्ल बल्ल स्वीकृतिचाहिँ पाएँ’, बिहीवार बिहान ४ बजे अँध्यारोमै श्रम कार्यालय पुगेको बताउने मिलनले भने।

मिलन त एउटा प्रतिनिधि पात्र मात्रै हुन्। श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेस्क वा बोर्ड भएको भए मिलनजस्तै वैदेशिक रोजगारीमा जानेलाई यस्तो सस्ती भोग्नुपर्ने थिएन कि ।नयाँलाई मात्रै होइन, पुराना वा पुनः श्रम स्वीकृति लिनेका लागि पनि यस्तै सास्ती छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था उत्पन्न भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा तीन वर्ष र कतारमा पाँच वर्ष काम गरेको अनुभव लिनुभएका धनुषाका विजय यादवले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिल्यै नभोगेको गुनासो गरे।’यसअघि त तीन÷चार हजार रुपियाँ बाहिरै फर्म भरिदिनेलाई दिएपछि सबै काम एक दिनमा गरिदिन्थे । अहिले त आफैँ आउनुपर्ने’, उनले भने, ’पुरानो करार सम्झौतापत्र पनि चाहिने रे, त्यो कागजात साथमा छैन ।

कम्पनीबाटै मागेर वैदेशिक रोजगार विभागको ईमेलमा पठाउनुपर्दो रहेछ । कम्पनीसँग मागेको छु, त्यही कुरेर बसेको दुई दिन भइसकेको छ, पाएको छैन । ’
यस्तै नौ वर्ष साउदी अरेबिया बसेर तीन पटक नेपाल आइसक्नुभएका चितवनका विनोद अधिकारीले आक्रोशित हुँदै भने, ’नयाँ नियम हामीलाई थाहै थिएन । तीनरचार घण्टा लाइन लागेर डकुमेन्ट बुझायो, पुरानो सम्झौतापत्र खोइ भनेर सोध्छन्, पुरानो सम्झौतापत्र चाहिन्छ भन्ने के थाहा ? अहिलेसम्म माग्ने गरेको थिएन । गोरखापत्र दैनिकमा खबर छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend