आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

केन्द्रीय सदस्यमा निर्वाचित रानाभाटद्वारा महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त

केन्द्रीय सदस्यमा निर्वाचित रानाभाटद्वारा महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित टिलक रानाभाटले आफूलाई निर्वाचित गराउन अमूल्य मत प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

रानाभाटले स्वदेश तथा विदेशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले आफूलाई विश्वास गरेर मत प्रदान गरेकोमा धन्यवाद दिँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका हुन्।

उनले आफ्नो विजयमा योगदान पुर्‍याउने सम्पूर्ण महाधिवेशन प्रतिनिधि तथा सहयोगीहरूको विश्वास, सद्भाव र साथलाई उच्च सम्मान गर्दै आगामी दिनमा पार्टीको हित र संगठनको सुदृढीकरणका लागि जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रानाभाटले व्यक्त गरेको आभारलाई पार्टीका नेता तथा कार्यकर्तासँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशका रूपमा हेरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend