आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

स्वनिगः बहुउद्देश्यीय सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न

स्वनिगः बहुउद्देश्यीय सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल गरिएको हो।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। त्यस्तै, लेखा समितिको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका आर्थिक विवरणमाथि छलफल गरिएको थियो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश पारित गर्ने विषय, आर्थिक वर्ष २०८३/८४ को अनुमानित आयव्यय विवरण तथा वार्षिक नीति र कार्यक्रममाथि छलफल गरिएको थियो। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सदस्य चयन र विविध विषयमा समेत छलफल भएको थियो।

संस्थाको सञ्चालक समितिको २०८३ भदौ ३० गते बसेको बैठकको निर्णयअनुसार आयोजना गरिएको साधारण सभामा सदस्यहरूको सहभागितामा संस्थाको आर्थिक तथा संस्थागत गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend