काठमाडौं । रियल इस्टेट एसोसिएसन अफ काठमाडौंको आयोजनामा बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
एसोसिएसनका अध्यक्ष गोविन्द श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्र साउद प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा रियल इस्टेट व्यवसायसँग आबद्ध व्यक्तित्व, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाली समाजका प्रमुख चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा दसैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो। सम्मान कार्यक्रममार्फत सम्बन्धित क्षेत्र तथा समाजमा योगदान पुर्याउने व्यक्तिहरूको भूमिका र योगदानको कदर गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले रियल इस्टेट व्यवसायमा आबद्ध व्यवसायीहरूबीच आपसी सम्बन्ध विस्तार गर्न, व्यावसायिक एकता कायम गर्न तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend