आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

संघको ४७औं साधारणसभा सुरु; नेतृत्वको लागि भोलि निर्वाचन हुने

संघको ४७औं साधारणसभा सुरु; नेतृत्वको लागि भोलि निर्वाचन हुने

ललितपुर। ललितपुरका उद्योगी तथा व्यवसायीहरूको छाता संस्था ललितपुर उद्योग वाणिज्य संघको निर्वाचनसहितको ४७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोह सम्पन्न भएको छ। शुक्रबार शंखमुलस्थित यल दरबार भेन्यूमा संघका अध्यक्ष विश्वराज बज्राचार्यको सभापतित्व र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठको प्रमुख आतिथ्यमा समुद्घाटन सम्पन्न भएको हो।

संघको निर्वाचनको लागि सुसन महर्जन र भूमि नन्दन कर्माचार्यले समूहगत उम्मेदवारी घोषणा गरे सङ्गै  उम्मेदवारहरूले चुनावी माहौललाई तीव्र बनाएका छन् । संघको अध्यक्षका उम्मेदवार सुसन महर्जन र महासचिवका उम्मेदवार राजु महर्जनले पनि आफ्नो प्यानल बनाएर तीव्र चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

ललितपुरको औद्योगिक तथा व्यावसायिक वातावरणलाई नयाँ उचाइमा पुर्‍याउने दाबीसहित ललितपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि अध्यक्ष पदमा सुसन महर्जन र महासचिव पदमा राजु महर्जनको संयुक्त टिम चुनावी मैदानमा ओर्लिएको हो । उनीहरूले निर्वाचनका लागि ‘व्यवसायीको सम्मान, उद्योग–व्यवसायको उत्थान–हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उम्मेदवारी दिएका हुन् ।

लामो समयदेखि ललितपुरको व्यावसायिक, औद्योगिक र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका यी दुवै व्यक्तित्वसँग संघको नेतृत्व र व्यवस्थापन सम्हालेको अनुभव रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend