आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

कांग्रेस १५औँ महाधिवेशनमा गोरखबहादुर बिष्ट ‘आनन्द’ खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार

कांग्रेस १५औँ महाधिवेशनमा गोरखबहादुर बिष्ट ‘आनन्द’ खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोरखबहादुर बिष्ट ‘आनन्द’ ले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। पार्टीलाई थप सुदृढ, गतिशील, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउने संकल्पसहित उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन र लोकतान्त्रिक आन्दोलनमा सक्रिय बिष्टले पार्टीभित्र निष्ठा, इमान्दारिता, संगठनप्रतिको प्रतिबद्धता र कार्यकर्तासँगको निरन्तर सम्बन्धलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएका छन्। कांग्रेसलाई समयअनुकूल रूपान्तरण गर्दै नयाँ पुस्ताको ऊर्जा र अग्रज पुस्ताको अनुभवलाई एकताबद्ध गरेर अघि बढाउनुपर्ने उनको धारणा छ।
बिष्ट ‘आनन्द’ ले कांग्रेसको आगामी यात्रा केवल नेतृत्व चयनमा सीमित नभई पार्टीको नीति, संगठन, विचार र कार्यशैलीमा समेत नयाँ ऊर्जा भर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनले पार्टीलाई जनताको सुख–दुःखमा साथ दिने, कार्यकर्ताको भावना बुझ्ने र लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा स्थापित गर्ने शक्तिका रूपमा अझ मजबुत बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका बिष्टले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई विश्वास र समर्थन प्रदान गर्न आग्रह गरेका छन्। पार्टीको एकता, संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान र कांग्रेसको उज्ज्वल भविष्यका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै उनले महाधिवेशन प्रतिनिधिको मतमार्फत आफूलाई विजयी गराउन अपिल गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend