आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

महामन्त्रीमा उम्मेदवारी दिने उदय शमशेर राणाको घोषणा

महामन्त्रीमा उम्मेदवारी दिने उदय शमशेर राणाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेशनका प्रतिनिधिहरूको सम्मानमा नेपाल जेसीजले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा देशभरबाट महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष जीवन कार्कीले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई शुभकामना व्यक्त गर्दै उनीहरूको सहज बसाइँ तथा महाधिवेशन सफलताको कामना गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले पार्टीको पन्ध्रौँ महाधिवेशनमा महामन्त्री पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरे। उनले जिल्ला तहदेखि तरुण दलको अध्यक्षसम्म रहँदा आफूले पार्टी र संगठनका लागि गरेको योगदानको मूल्यांकन गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरे।

राणाले पछिल्लो निर्वाचनमा कांग्रेसले व्यहोरेको पराजयको मुख्य कारण पार्टीले समयको माग र जनताको परिवर्तनको चाहना बुझ्न नसक्नु रहेको बताए। आगामी महाधिवेशनबाट सक्षम र जनमुखी नेतृत्व चयन गर्न उनले प्रतिनिधिहरूलाई आग्रह गरे।

महाधिवेशनले पार्टीको आगामी नेतृत्व र दिशाबारे महत्वपूर्ण निर्णय गर्ने भएकाले प्रतिनिधिहरूले नेतृत्व चयनमा विवेकपूर्ण भूमिका निर्वाह गर्नुपर्ने राणाको भनाइ थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend