सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

क्यान्सर पीडित बाबुराम दर्लामीको उपचारमा सहयोग गर्न परिवारको अपिल

क्यान्सर पीडित बाबुराम दर्लामीको उपचारमा सहयोग गर्न परिवारको अपिल

नेपालमा बिभिन्न रोग लाग्ने क्रम बढदो छ । अझ आर्थिक स्थिती कमजोर भएकालाई रोग लाग्दा पिडा माथि पिडा झेल्नु परेको छ । यस्तै नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राटाटारका आर्थिक अवस्था कमजोर भएका क्यान्सर पीडित एक युवालाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् । बेलकोटगढी नगरपालिका वार्ड नम्बर ५ राटाटारका गोरख बहादुर दर्लामीका नाती तथा च्यान्टे बहादुर दर्लामीका २० वर्षय छोरा बाबुराम दर्लामी मगरको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् ।
बाबुरामको भरतपुर क्यान्सर अस्पतालमा गत चैत्र ४ गते देखि उपचार हुँदैछ । उनको आर्थिक अवस्थाले गर्दा आगामी उपचार गर्न संकट भएको छ । उनलाई कसैले सहयोग गर्न चाहेमा  सिब बहादुर दर्लामीको  9821651533708 / 19814164580 मा सम्पर्क गर्न सकिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend