आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ

जोइन सहकारीको १६औं साधारणसभा सम्पन्न, अध्यक्षमा बाबुलाल श्रेष्ठ

काठमाडौं । जोइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १७ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बाबुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित हुनुका साथै लेखा समिति, ऋण उपसमिति र प्रमुख कार्यकारी अधिकृतको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफलसहित पारित गरिएको छ ।

संचालक समितिको पदाबधि समाप्त भएकोले प्रमुख निर्वाचन अधिकृत हरीराज थपलियाले संचालन गरेको निर्वाचनबाट संस्थाको अध्यक्ष बाबुलाल श्रेष्ठकै नेतृत्वमा संचालक समिति र लेखा समिति चयन भएको छ ।

उपाध्यक्ष दिपा कुमारी श्रेष्ठ, सचिव गोपाल श्रेष्ठ र कोषाध्यक्ष शर्मिला श्रेष्ठ रहेका छन्। सदस्यहरूमा ध्रुवकुमार श्रेष्ठ, अशोककुमार श्रेष्ठ, इन्जिनियर नृपेन्द्रकुमार श्रेष्ठ र गौरीशंकर चलाउने रहेका छन्। त्यस्तै, लेखा समितिको संयोजकमा चुडाप्रसाद बस्ताकोटी तथा सदस्यहरुमा गजबहादुर बराल र केशव पौडेल रहेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend