काठमाडौं । अनलाइन सपिङ गन्तव्य दराज नेपालले बडादशैँका अवसरमा बहुप्रतीक्षित ‘१०.१० दशैँ धमाकाः बडादशैँ, धमाकेदार डिल्स सार्वजनिक गरेको छ । अक्टोबर १ को राती ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने मेलामा विभिन्न श्रेणीका उत्पादनमा ६५ लाख रुपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको भारी छुट उपलब्ध हुने बताइएको छ ।
दशैँको तयारी र किनमेल थप लाभदायी बनाउन दराजले अग्रणी ब्राण्डहरूसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ । दराजका प्ल्याटिनम पार्टनर ब्राण्डबाट ६७ प्रतिशत, गोल्ड पार्टनरबाट ७० प्रतिशत र सिल्भर पार्टनरबाट ६५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ ।
त्यसबाहेक असोज १५ देखि २६ सम्म सीमित समयका लागि ब्राण्ड रस आवर, क्रेजी प्राइस ड्रप तथा विभिन्न बारअनुसारका विशेष श्रेणीगत अफर समावेश गरिएका छन् । उपभोक्ताले छनोट गरिएका बिक्रेताबाट तीन हजार रुपैयाँसम्मका दशैँ दक्षिणा भाउचरसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नगदरहित कारोबार प्रोत्साहन गर्न दराजले पाँचवटा अग्रणी बैंकहरूसँग सहकार्य गरी विशेष प्रि(पेमेन्ट अफर ल्याएको छ । हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत अर्थात् १५ सय रुपैयाँ र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत अर्थात् एक हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
इसेवा र खल्ती प्रयोगकर्ताका लागि पनि एक हजार रुपैयाँसम्मको छुट रहेको छ । किनमेलसँगै दराजले आकर्षक उपहारसमेत व्यवस्था गरेको छ । न्यूनतम दुई हजार रुपैयाँको खरिद गर्नेमध्ये एक भाग्यशाली ग्राहकले सुजुकी एक्सेस एफआई १२५ सिसी विशेष एडिसन स्कुटर जित्न सक्नेछन् । साथै थाइल्याण्ड भ्रमण, ३१ हजार रुपैयाँको कम्बो गिफ्ट सेट, ६५ हजार रुपैयाँको एक्सप्रेस स्टाइलर, एक लाख पाँच हजार रुपैयाँको वासिङ मेसिन र दैनिक गिभअवेमार्फत् विभिन्न ब्राण्डका उत्पादनहरू जित्ने अवसर पाउने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend