आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

आईसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न

आईसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको साधारण सभा मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेज, पिपलबोटमा सम्पन्न भएको हो।

कम्पनीको सञ्चालक समितिको ३७३औँ बैठकको निर्णयअनुसार आयोजित सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा लाभांश वितरणलगायतका विषयमा छलफल गरी निर्णय गर्ने कार्यसूची रहेको थियो।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, २०८३ असार मसान्तसम्मको वासलात तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो।

त्यसैगरी, सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको चुक्ता पुँजीको १०.५२६३ प्रतिशतका दरले हुने १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश थियो। उक्त लाभांशमा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समेटिएको छ।

सभामा आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको सेवा–सुविधा थप गर्ने र सोअनुरूप कम्पनीको नियमावलीको नियम २९ (ख) संशोधन गर्ने विशेष प्रस्तावसमेत छलफलका लागि प्रस्तुत गरिएको थियो।

त्यस्तै, नियमावली संशोधनका क्रममा नियमनकारी निकायबाट कुनै सुझाव वा फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend