ललितपुर ।पुल्चोकस्थित सिद्धार्थ कटेज (धोबीघाट) मा क्यारिना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सञ्चालक समितिको २६२ औँ बैठकको निर्णयानुसार आयोजित उक्त साधारण सभामा संस्थाका अध्यक्ष, सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, विभिन्न उपसमिति, कर्मचारीहरू तथा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।
सभामा अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट, र लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत पारित गरिएको छ। साथै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

कार्यक्रममा संस्थाको समग्र वित्तीय अवस्था तथा रणनीतिक दिशाबारे विस्तृत समीक्षा गरिएको थियो। पछिल्ला वर्षहरूमा खराब ऋण असुली र व्यवस्थापनलाई प्राथमिकता दिइएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभाव एवं नयाँ कानुन र नियमनकारी निकायका मापदण्ड अनुरूप कारोबार सञ्चालन गरिएको जानकारी गराइयो। यसैगरी सदस्यहरूको बचत सुरक्षालाई ध्यानमा राखी संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता जनाइएको छ।
आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थालाई पारदर्शी, सुरक्षित र दीगो रूपमा अघि बढाउने लक्ष्य राखिएको बताइएको छ। साधारण सभाको अन्त्यमा उपस्थित सदस्यहरूका तर्फबाट निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्नुका साथै विविध विषयमा छलफल गरी शुभकामना आदानप्रदानसहित कार्यक्रम समापन गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend