मण्डनदेउपुर, काभ्रे । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १० ज्यामिरे घर भएका गाउँघरमा भाई भनि बोलाइने मनोज तामाङ (भाई)मण्डनदेउपुरको कुन्ताबाट काठमाडौं जाँदा पुरानो बसपार्कबाट हराएको बताइएको छ ।
गत शनिबार मंसिर ७ गते घरबाट हिडेका मनोज सम्पर्कमा नपुगेपछि आमा सञ्जु तामाङ रुदैैरुदैै छोरा मनोजको खोजि गरिदिन सबैलाई आग्रह गरेकी छन् । उनी कुन्ताबाट हेलम्बु यातायातको बस चडि चुच्चेपाटी काठमाडौ हिडेका थिए ।
प्रष्ट बोल्न नसक्ने १७ वर्षका मनोज तामाङ हेलम्बु यातायातको बसबाट पुरानो बसपार्क रत्नपार्कमा झरेको बसका चालकले बताएको उनका दाई क्षेत्रबहादुर तामाङले बताए ।
मनोजको खोजीकालागि जनसेवा प्रहरी विशालबजारमा रिपोर्ट गरिएको आमा सञ्जुले बताईन् । “मेरो एकमात्र जीवनको सहारा मनोज बेपत्ता हुँदा आँशुको धारा नरोकिएको र भोक निन्द्रा केही नभएको” मनोजकी आमा सञ्जु तामाङले बताईन् ।
कहि कतै मनोज तामाङ (भाई) लाई देखेमा नजिकको प्रहरी कार्यालय वा आमा सञ्जु तामाङको सम्पर्क नं ९८१८३९०५७५ वा दाजु क्षेत्रबहादुर तामाङको ९८१८४७२९८६ नं मा सम्पर्क गर्न साथै मनोजको खोजी गरिदिन दाई क्षेत्रबहादुरले सबैलाई आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend