सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रचण्डले लिए महाराजगञ्ज पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रचण्डले लिए महाराजगञ्ज पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

????????????????????????????????????

काठमाण्डौ १०, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनले महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर जानकारी लिएका हुन् । डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार हुने बताएका छन्।

पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।

डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आज अस्पतालमै राखिनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend