आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

टाइगर ट्राभल्समा थपिए दुई महेन्द्र ४×४ एस१० पिकअप जिप

टाइगर ट्राभल्समा थपिए दुई महेन्द्र ४×४ एस१० पिकअप जिप

काठमाडौं । आवश्यकता अनुसार कहिलेकाहीँ सुनभन्दा फलामको महत्व बढी हुने भन्दै टाइगर ट्राभल एन्ड टुर्स प्रालिले विपद्को समयमा समेत उपयोगी हुने दुई थान महेन्द्र ४×४ एस१० पिकअप जिप आफ्नो सवारी साधनमा थपेको छ।

टाइगर ट्राभल्सका प्रबन्ध निर्देशक टेक पुनका अनुसार बाढी, पहिरो तथा विभिन्न विपत्तिका घटनाले सही समयमा सही साधनको महत्व अझ स्पष्ट बनाएको छ। कठिन सडक तथा अप्ठ्यारो परिस्थितिमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने महेन्द्र ४×४ एस१० पिकअप जिप यात्राका साथै विपद्को समयमा राहत सामग्री ओसारपसार तथा प्रभावित नागरिकसम्म राहत पुर्‍याउनसमेत उपयोगी हुने उनले बताए।

नयाँ सवारी साधन पाँच जना आरामसँग यात्रा गर्न मिल्ने तथा वातानुकूलित सुविधासहित रहेको जनाइएको छ। टाइगर ट्राभल्सले यी दुई सवारीलाई आफ्नो व्यवसाय विस्तारसँगै यात्रु सेवा र विपद्का समयमा आवश्यक सहयोग पुर्‍याउने साधनका रूपमा प्रयोग गर्ने जनाएको छ।

टाइगर ट्राभल्समा दुई नयाँ महेन्द्र ४×४ एस१० पिकअप जिप थपिएसँगै कम्पनीका सवारी साधनको संख्या पनि थपिएको छ। कम्पनीले नयाँ सवारी भित्र्याउने अवसरमा सम्पूर्ण व्यवसायी मित्र तथा शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको छ।

कम्पनीले यात्रा होस् वा विपत्तिको समय, टाइगर ट्राभल्स सधैँ सेवाग्राहीको साथमा रहने प्रतिबद्धता जनाएको छ। टाइगर ट्राभल एन्ड टुर्स प्रालि ठमेल–१६, काठमाडौंमा रहेको छ। कम्पनीका प्रबन्ध निर्देशक टेक पुनले नयाँ सवारीले यात्रु सेवा तथा विपद् व्यवस्थापनमा समेत थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend