काठमाडौं । पाबसा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–४, चण्डोलमा रहेको संस्थाको साधारणसभा धुम्बाराहीस्थित धुस्रबराह भेन्युमा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष सरोज कुमार पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभामा अध्यक्ष पौड्यालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले संस्थाको वार्षिक गतिविधि, प्रगति तथा आगामी कार्ययोजनाबारे सभामा जानकारी गराएका थिए।
साधारणसभामा आर्थिक वर्ष २०८२/०८३ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, सामाजिक सेवा उपसमितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरिएको थियो। साथै प्रस्तावित लाभांश, आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायतका विषयमा छलफल भएको थियो।
सभामा संस्थाका आन्तरिक कार्यविधि स्वीकृति, विनियम संशोधन तथा निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सदस्यहरूको तर्फबाट प्रतिनिधि चयनलगायतका प्रस्तावसमेत छलफलका लागि प्रस्तुत गरिएको थियो। साधारणसभाले संस्थाको आगामी कार्यदिशा र सञ्चालनसँग सम्बन्धित विषयमा आवश्यक निर्णय गरेको जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend