काठमाडौं । नीलोआकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौं–३२ गैरीगाउँको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले शनिबार तिनकुनेस्थित ताज ब्याङ्केटमा वार्षिक साधारणसभा आयोजना गरेको हो।
साधारणसभामा सञ्चालक समितिका अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरिएको थियो। सभामा संस्थाको आर्थिक गतिविधि, प्रगति तथा आगामी कार्ययोजनासम्बन्धी विषयमा छलफल भएको थियो।
सभामा आर्थिक वर्ष २०८२/८३ को लाभांश वितरण, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, विनियम संशोधन, आन्तरिक कार्यविधि पारित, संस्थाको दायित्व स्वीकार तथा भुक्तानी गर्ने अख्तियारीलगायतका प्रस्तावहरू प्रस्तुत गरिएको थियो।
त्यसैगरी, सदस्यको दायित्व मिनाहा तथा ब्याजदर परिवर्तन, लिलाम तथा गैरबैंकिङ सम्पत्ति प्राप्ति, पारिश्रमिक एवं बैठक भत्ता र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यका तर्फबाट १० जना प्रतिनिधि चयन गर्ने विषयमा समेत छलफल गरिएको थियो।
संस्थाले साधारणसभाका अवसरमा ज्येष्ठ सदस्य सम्मान तथा शैक्षिक सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो। एसईई, कक्षा १२, स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘नीलोआकाश उत्कृष्ट शैक्षिक सम्मान २०८२’ प्रदान गर्ने तथा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्ने व्यवस्था गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend