काठमाडौं । चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा काठमाडौंको नयाँबजार मल्टी भेन्यूमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रत्नप्रसाद दुलालको सभापतित्वमा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
साधारणसभामा अध्यक्ष दुलालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको प्रगति, गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। सभामा लेखा समितिबाट प्रस्तुत आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदनलगायत विभिन्न प्रस्तावमाथि छलफल गरिएको थियो।

साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, साधारणसभाको माइन्युट प्रमाणित गर्न सदस्य प्रतिनिधि छनोट, शेयर वृद्धि तथा संस्थाको विनियम संशोधनसम्बन्धी विषयमा छलफल गरेको थियो।
यसैबीच, संस्थाले २०८२ सालमा कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने शेयर सदस्यका छोराछोरीमध्ये एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरेको छ। विद्यार्थीको शैक्षिक प्रगतिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ। साधारणसभामा सञ्चालक समिति, लेखा समिति, शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend