आइतबार, कार्तिक ९ २०८३

आइतबार, कार्तिक ९ २०८३

रसुवा विपद्सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न, विपद् आउनुअघि नै सावधानी अपनाउन सहभागीको सुझाव

रसुवा विपद्सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न, विपद् आउनुअघि नै सावधानी अपनाउन सहभागीको सुझाव

काठमाडौं । रसुवामा हालै देखिएको विपद् तथा त्यसबाट उत्पन्न मानवीय, भौतिक र सामाजिक प्रभावका विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ। नरमाया प्रकाशनको आयोजनामा भएको कार्यक्रममा विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार तथा राहतलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा डा. निकेश खड्काले विपद्सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विपद्का कारण, त्यसले पार्ने प्रभाव तथा विपद् जोखिम न्यूनीकरणका उपायबारे जानकारी गराएका थिए। उनले विपद् व्यवस्थापनमा पूर्वतयारी, वैज्ञानिक अध्ययन तथा सरोकारवाला निकायबीचको समन्वयको आवश्यकतामाथि प्रकाश पारेका थिए।

कार्यक्रमका मुख्य वक्ता पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले विपद्का विविध पक्षबारे चर्चा गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राज्य, स्थानीय तह, नागरिक समाज तथा सम्बन्धित सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले विपद् आइपरेपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिभन्दा विपद् आउनुअघि नै जोखिम पहिचान, सावधानी तथा पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

अन्तरसंवादमा सहभागीहरूले रसुवा विपद्का साथै नेपालमा बारम्बार देखिने प्राकृतिक विपद्, पूर्वसूचना प्रणाली, जोखिमयुक्त बस्तीको व्यवस्थापन, उद्धार तथा राहत कार्य र विपद्पछिको पुनःस्थापनालगायतका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए। सहभागीहरूले विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले समयमै आवश्यक सावधानी अपनाउनुपर्ने, स्थानीय समुदायलाई सचेत बनाउनुपर्ने तथा विपद् व्यवस्थापनका योजनालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रममा विपद् व्यवस्थापनलाई केवल विपद्पछिको राहत र उद्धारमा सीमित नगरी दीर्घकालीन पूर्वतयारी, जनचेतना अभिवृद्धि र समन्वित कार्ययोजनामार्फत अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend