डा तारानाथ लुईटेल,
कविता
गाउ बस्ती उज्जाड पारेर शहर पसेको म
मलाई थाह छैन कुन शहर पसे म
त्यो घना बस्ती शहरको कुनामा
अधेरी रातलाई चिर्दै चिर्दै किन पसे शहर म
गाउ बस्तीउज्जाड पारेर शहर पसेको म
यहा बहुदल ,लोकतन्त्र र गणतन्त्र ल्याउने म
मैले थाहा नपाउने मेरो सिमाना र मेरो घरहरु म मेरा जिजु बाजेले बनाएको घरको सिमानै चिन्न
न सक्ने म ।
अधेरी रातमा आगो दनदनी बाल्न दिने म
गाउ बस्ती उज्जाड पारेर किन पसे शहर म
मेरा पुर्खाहरुले बनाएको गाउ बस्तीमा आगो लाग्दा लाग्दै प्रति बाद नगर्ने म
आफु निरही बन्नु पर्ने र हेरी रहनु पर्ने जल्दा जल्दै
मेरो सरकार नेपालकै हो की बिदेशी हो हेरीर रहने
म
हिमाल पहाड तराई मेरो सिमाना चिन्न नसक्ने म
मेरो देशको बैठकमा भन्नै पर्ने म छिमेकीले
मिचेको मेरो देश
गाउ बस्ती उज्जाड पारेर किन पसे शहर म
म काहा छु कस्लाई भनुम अब
त्यो मेरो सिमानामा मेरा पुर्खाले बनाएको घरमा
हाली मुहाली गर्ने अर्कै छिमेकी देख्ने म
त्यो मेरो घरको सिमानामा म
पुर्ब ,पश्चिम ,उतर र
दक्षीणको सिमाना हेर्ने म
लाल किल्ला छुट्याउन न सक्ने पनि म
हाया मेरो देश लाल किल्लै नभएको देश हेर्ने म
देशको शासक कस्तो छ हेर्नै नसक्ने म
बहुदल ,लोकतन्त्र र गणतन्त्र छान्न नसक्ने म
यो देश कस्ले बनायो त्यस्लाई हेर्न नसक्ने म
आज म मेरो लाल किल्ला कहा छ हेर्दै हिडने म
गाउ बस्ती उज्जाड पारेर किन पसे शहर म