सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीको एपेन्डिसाइटिस अपरेशनः अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

प्रधानमन्त्रीको एपेन्डिसाइटिस अपरेशनः अहिले कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिस अप्रेशन सकिएको छ ।त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्न भएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सर्जन द्वय डा.रमेशसिहं भण्डारी र डा.पलेस्मा जोशीले शल्यक्रिया गरे । प्रधानमन्त्री ओलीको आज १२ बजेर ४५ मिनेटमा सफलतापूर्वक अपरेसन सम्पन्न भएको हो ।

प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोलीले पनि अप्रेशन थिएटरमै रहेर निगरानी गरेको थियो बताइएको छ । डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो । अहिले उहाँको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेशनका लागि त्रिवि शिक्षण अस्पतालबाट डाक्टर भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो। सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रधानमन्त्रीलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend