पोखरा ९, मंसिर । नेकपा कस्की २ की उम्मेद्वार विद्या भट्टराईले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छिन् । यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार पोखरा १६ अर्मलामा भएको घरदैलो र कोणसभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाई छ । उनले कांग्रेसले फैलाएका भ्रममा जनताले विश्वास नगर्ने उल्लेख गरिन ।
उनले अर्मला र मौजाका लेकमा जडिबुटी उत्पादन र पशुपालन फारम स्थापना गरी व्यवसायीक बनाउने योजना सुनाउँदै मौजा, काहुँ, भलाम, अर्मलाकोट, निर्मलपोखरी जस्ता डाँडामा केबुलकार सञ्चालन गर्नुपर्ने आवश्यकता समेत बताईन् । उनले अर्मलादेखि मौजासम्मको बाटो ३ वर्षभित्रमा कालोपत्रे गरिसक्ने घोषणा पनि गरिन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend