सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पोखरामा वडाध्यक्षको गाडी माथि बम विस्फोट

पोखरामा वडाध्यक्षको गाडी माथि बम विस्फोट

पोखरा ९, मंसिर । सोमबार बिहान गरिएको बम विष्फोटबाट क्षतिग्रस्त गाडीको अनुसन्धान, निरीक्षण गर्दै प्रहरी प्रदेश कार्यालय गण्डकीका प्रमुख विनोद शर्मा घिमिरे । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्षको गाडीमा आज (सोमबार) बम विस्फोट गराइएको छ ।

बिहान पौने ३ बजेतिर पोखरा ३३, निर्मलपोखरीका वडाध्यक्ष शिव आचार्यको पोखरा विरौटास्थित घरमा पार्किङमा गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलेक्स गाडीमा बम विस्फोट गराइएको हो ।

अज्ञात समूहले बम विस्फोट गराएको कास्कीका प्रहरी प्रमुख एसपी दलबहादुर कार्कीले पुष्टि गरे । बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ। विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ ।

निर्मलपोखरी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गाउँ हो ।हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि मंसिर १४ गते हुने उपनविर्नाचनमा उनकी श्रीमती विद्या भट्टराई चुनाव लड्दै छिन् ।निर्वाचनलाई प्रभावित गर्न बम विस्फोट गराइको प्रहरीको दाबी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend