काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइटेलले पार्टीको विधानबमोजिम विभिन्न केन्द्रीय जिम्मेवारीमा तीन जना नेताहरूलाई मनोनित गरेका छन्।
अध्यक्ष लुइटेलका अनुसार होमप्रसाद अधिकारीलाई पार्टीको महामन्त्री तथा यातायात विभाग संयोजक पदमा मनोनित गरिएको छ। त्यसैगरी, अर्घाखाँचीका कृष्णप्रसाद शर्मा पन्थीलाई केन्द्रीय सदस्य तथा सम्पर्क विभाग संयोजक को जिम्मेवारी दिइएको छ।
त्यस्तै, पार्टीका केन्द्रीय सदस्य सन्दीप गौतमलाई विदेश विभागको सह–संयोजक पदमा मनोनित गरिएको अध्यक्ष लुइटेलले जानकारी दिएका छन्।
नवनियुक्त पदाधिकारी तथा जिम्मेवारी प्राप्त नेताहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अध्यक्ष लुइटेलले पार्टीको संगठन विस्तार, सुदृढीकरण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउन उनीहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
पार्टीको विधानअनुसार गरिएको उक्त मनोनयनले पार्टीका विभिन्न विभागीय कामलाई थप व्यवस्थित, प्रभावकारी र गतिशील बनाउने अपेक्षा गरिएको प्रजातान्त्रिक पार्टी नेपालले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend