बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३

बाढी प्रभावितका लागि तत्काल रु ५ करोड आर्थिक सहयोग गर्ने एनआरएनएको निर्णय

बाढी प्रभावितका लागि तत्काल रु ५ करोड आर्थिक सहयोग गर्ने एनआरएनएको निर्णय

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले तत्काल रु पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सङ्घको आकस्मिक बैठक बसी सबै पदाधिकारी, एनसीसी तथा अभियन्ताहरूसँग छलफल गरी एनआरएनएका अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको बैठकले आर्थिक सहयोग सङ्कलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको हो ।

स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको बैठकले एनसीसी परिचालनका लागि महासचिव डा चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजकसमेत रहने गरी एनसिसी परिचालन समिति गठन गर्ने र विपद् व्यवस्थापन समिति र सम्बन्धित निकायसँग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

 

 

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend