काठमाण्डौ ८,मंसिर । नवनियूक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधि टोली बिच भेटघाट भएको छ ।
आइतबार नवनियुक्त मन्त्री यादवलाई संघको प्रतिनिधीमण्डले मन्त्रालय पुगेर बधाई तथा शुभकामना दिए । भेटघाट कार्यक्रममा मन्त्री यादवले विगतमा जे भए पनि आगामी दिनमा छलफल र सहकार्य गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे ।
वैदेशिक रोजगार व्यवसायीहरुले मुलुकलाई पु¥याएको योगदानप्रति आफ्नो सम्मान रहेको भन्दै मन्त्री उनले व्यवसायीका समस्या समाधान गर्न सधै तत्पर रहेको बताए । मन्त्री यादवले मन्त्रालय व्यवसायीहरुसँगै मिलेर काम गर्न चाहेको भन्दै व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिए ।
सो अवसरमा मन्त्री यादवले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित तथा पारदर्शी बनाउन र कामदारको सुरक्षाको सुनिश्चितता गर्नका लागि सरकारसँगै व्यववसायीहरु पनि प्रतिवद्ध बन्नुपर्ने भन्दै अब सीप सिकाएर मात्र विदेशिने बातावरण बनाउन जरुरी रहेको बताए । साथै उनले स्वदेशमै पनि सीपयुक्त जनशक्ति उत्पादनमा लाग्न मेनपावर व्यवसायीहरुलाई आग्रह गरे ।
संघका अध्यक्ष विष्णु गैरेले व्यवसायीहरुले सदैव सरकारलाई साथ दिएको र अब पनि यसलाई निरन्तरता दिदै सहकार्य तथा छलफलका लागि संघ तयार रहेको प्रतिवद्धता गरे ।
कार्यक्तममा संघका प्रथम उपाध्यक्ष कमल तामाङ, महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीका समस्या बारे मन्त्रीलाई जानकारी गराएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend