काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (DLA नेपाल) को १२औँ महाधिवेशन नजिकिँदै गर्दा महासचिव पदका लागि अधिवक्ता रामचन्द्र पौडेल (आर.सी. विमल) ले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
यही भदौ १९ र २० गते हुने महाधिवेशनलाई लक्षित गर्दै DLA नेपाल, कोशी प्रदेशद्वारा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा कानून व्यवसायीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै पौडेलले महासचिव पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
उम्मेदवारी प्रस्तुत गर्दै पौडेलले DLA नेपाललाई थप सुदृढ, गतिशील, समावेशी र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध संगठनका रूपमा अघि बढाउने आफ्नो अभियान रहेको बताएका छन्।
उनले संगठनको संस्थागत विकास, कानून व्यवसायीहरूको पेशागत हकहित तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै महाधिवेशनमा सहकर्मी कानून व्यवसायीहरूको साथ, सहयोग, समर्थन र अमूल्य मतको अपेक्षा गरेका छन्।
कोशी प्रदेशमा आयोजित भेटघाट तथा अन्तरक्रियाका क्रममा पौडेलले वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग संगठनको आगामी नेतृत्व, पेशागत चुनौती र DLA नेपालको भूमिकाबारे छलफलसमेत गरेका थिए।
महासचिव पदका उम्मेदवार पौडेलले आफ्नो अभियानलाई संगठनलाई अझ प्रभावकारी, लोकतान्त्रिक र समावेशी बनाउने उद्देश्यसँग जोड्दै कानून व्यवसायीहरूको साझा हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पौडेलले आफ्नो उम्मेदवारी अभियानलाई समर्थन गर्न आग्रह गर्दै भनेका छन्, “संगठनलाई थप सुदृढ, गतिशील, समावेशी र लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध बनाउने अभियानमा यहाँहरूको साथ, सहयोग, समर्थन र अमूल्य मतको हार्दिक अपेक्षा गर्दछु।”
DLA नेपालको १२औँ महाधिवेशन भदौ १९ र २० गते हुँदैछ। पौडेलले महासचिव पदका लागि आफ्नो उम्मेदवारीलाई संगठनको आगामी नेतृत्वलाई थप प्रभावकारी बनाउने अभियानका रूपमा अघि बढाएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend