काठमाडौं । प्रजातान्त्रिक पार्टी, नेपालले आराध्यदेव भगवान् पशुपतिनाथको बोलबम यात्रामा सहभागिता जनाएको छ। पार्टीले सोमबार नयाँ बानेश्वरस्थित महादेवस्थान परिसरमा भेला भई बोलबम यात्रामा सहभागिता जनाएको हो।
पार्टीका अनुसार २०८३ साउन २५ गते बिहान १०ः३० बजे नयाँ बानेश्वरको महादेवस्थान परिसरमा पार्टीका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए। त्यसपछि उनीहरू धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बोलबम यात्रामा सहभागी भएका थिए।
श्रावण महिनामा भगवान् शिवको आराधना गर्दै बोलबम यात्रा गर्ने धार्मिक परम्परा रहँदै आएको छ। यसै परम्परालाई निरन्तरता दिँदै प्रजातान्त्रिक पार्टीले पनि बोलबम यात्रामा सहभागिता जनाएको जनाएको छ।
पार्टी अध्यक्ष तारानाथ लुइटेलको नेतृत्वमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको बताइएको छ। पार्टीले धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend