सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

समाचार संकलन गर्न पुगेका खबर ब्रेकिङकर्मी पोखरेल माथी प्रहरीको ज्यादती क्यामेरा नै फुटाइदिए

समाचार संकलन गर्न पुगेका खबर ब्रेकिङकर्मी पोखरेल माथी प्रहरीको ज्यादती क्यामेरा नै फुटाइदिए

काठमाडौं ७, मंसिर । भारतीय दुतावास घेराउको समाचार संकलन गर्न गएका खबर ब्रेकिङ डटकमका पत्रकार वीपि पोखरेल माथी प्रहरीले ज्यादती गरेको छ । दुतावास घेराउ सम्बन्धीे समाचार संकलनमा खटिएका पत्रकार पोखरेल माथी दुतवास घेराउ गर्न जाँदै गर्दा दरबारमार्ग अँगाडी लाठी चार्ज गर्दा पत्रकार पोखरेलले बोकेको क्यामरा फुटेको छ भने उनीलाई पनि चोट लागेको छ ।

बरिष्ठ अधिवक्ता स्वागत नेपाल संयोजक रहेको स्वतन्त्र नेपाली नागरिक अभियान लगायतका संस्थाले आयोजना गरेको दुतावास घेराउ कार्यक्रममा जाँदै गर्दा दरबारमार्ग स्थिती नारायणहिटी संग्राहलय अगाडी प्रहरी संग झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले अन्धाधुन्दा लाठी चार्ज गर्दा पत्रकार सहित फुटपाथमा पैदल यात्रा गरेका केही सर्वसाधारण पनि घाइते भएका छन् । प्रहरी ज्यादतीको हाम्रो अनलाइन खबर ब्रेकिङ डटकम घोर भत्सर्ना गर्दछ । साथै आगामी दिनमा त्यस्ता गतिविधी नदोहो¥याउन पनि प्रहरी प्रशासन सँग जोडदार माग गर्दछ ।प्रहरीको लाठि चार्जबाट क्यामरा क्षतीग्रत भएको हुँदा क्षतीपूर्ती दिन पनि जोडदार माग गर्दछौँ ।

को हुन् पत्रकार विपी पोखरेल

गुल्मीका स्थायी बासिन्दा पोखरेल विगत ७ बर्ष देखि निरन्तर रुपमा पत्रकारीता गर्दै आएका छन् । सुरुवाती चरणमा टेलिभिजनबाट पत्रकारीता सुरु गरेका पोखरेल हाल खबर ब्रेकिङ डटकममा कार्यरत छन् । पत्रकारीतामा स्नातक गरेका उनी यस अघि माउन्टेन टेलिभिजन, एवीसी टेलिभिजन लगायतका विभिन्न आधा दार्जन सञ्चार माध्यममा अवद्ध रहेर काम गरिसकेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend