बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राजनीति र व्यवसायको सहकार्यले मात्र समृद्ध अर्थतन्त्र सम्भव : पर्यटन व्यवसायी टेक पुन मगर

राजनीति र व्यवसायको सहकार्यले मात्र समृद्ध अर्थतन्त्र सम्भव : पर्यटन व्यवसायी टेक पुन मगर

 

काठमाडौं । पर्यटन व्यवसायी टेक पुन मगरले सुशासन, राजनीतिक स्थिरता र आर्थिक समृद्धि एकअर्काका परिपूरक पक्ष भएको बताएका छन्। उनले देशमा राजनीतिक स्थिरतासँगै निजी क्षेत्रको सक्रिय सहभागिता भए मात्र रोजगारी सिर्जना, लगानी विस्तार र आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुने धारणा व्यक्त गरेका हुन्।

उनले राजनीति देशमा सुशासन, स्थिरता र समृद्धिको आधार निर्माण गर्ने माध्यम भएको उल्लेख गर्दै व्यापार–व्यवसायले उत्पादन, सेवा, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने बताए। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति, लगानीमैत्री वातावरण र पर्यटन प्रवर्द्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

पर्यटन नेपालको आर्थिक विकासको प्रमुख आधार भएकाले विश्वसनीय र गुणस्तरीय सेवा प्रवाहमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्नुपर्ने उनले बताए। सुरक्षित, सहज र भरपर्दो यात्रा सेवाले पर्यटन क्षेत्रप्रतिको विश्वास बढाउने उनको विश्वास छ।

यसैबीच, ठमेलस्थित टाइगर ट्राभल एन्ड टुर्स प्रा. लि.ले स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय यात्रा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले हवाई टिकट, भ्रमण प्याकेज, होटल बुकिङ, यातायात व्यवस्थापन तथा अन्य पर्यटन सेवाहरू प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ।

पर्यटन व्यवसायी टेक पुन मगरले सेवा, विश्वास र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर पर्यटन क्षेत्रको विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend