काठमाडौं ७, मंसिर । नेपाली कांग्रेसका सभापति एबम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली भूमि भारतले मिच्दा बोल्न नसकेको आरोप लगाएका छन् ।
पोखरामा भएको उपनिर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली भूभाग मिचिएको प्रष्ट हुँदाहुँदै सरकारले किन उच्चस्तरको कुटनीतिक पहल गर्न नसकेको उनको आरोप छ ।
उनले वर्तमान सरकारले जनताको दुखहरु बिर्सेर ढाडसेक्ने गरी कर बढाएको आरोप लगाए । उनले ओली सरकार भ्रष्टचारी भएको पनि आरोप लगाए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend