बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनकपुरमा तनाव बढेपछि अनिश्चितकालीन कर्फ्यू, प्रशासनद्वारा उच्च सतर्कता

जनकपुरमा तनाव बढेपछि अनिश्चितकालीन कर्फ्यू, प्रशासनद्वारा उच्च सतर्कता

काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका क्षेत्रमा बढ्दो तनाव र प्रदर्शनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, धनुषाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले बिहीबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरेको जनाएको छ। सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि शान्ति–सुरक्षा कायम राख्न यो निर्णय गरिएको प्रशासनको भनाइ छ।

जारी आदेशअनुसार जनकपुर उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यू लागू गरिएको छ। कर्फ्यू अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई निषेधित क्षेत्रमा आवतजावत गर्न रोक लगाइएको छ।

प्रशासनले सुरक्षा निकायलाई उच्च सतर्कतामा परिचालन गरिएको जानकारी दिँदै सर्वसाधारणलाई कुनै पनि अफवाहको पछि नलाग्न, संयमता अपनाउन र शान्ति–सुरक्षा कायम गर्न प्रशासनसँग सहयोग गर्न आग्रह गरेको छ।

यसअघि सिरहा जिल्लाको गोलबजार क्षेत्रमा पनि सुरक्षा अवस्था बिग्रिएपछि कर्फ्यू आदेश जारी गरिएको थियो। पछिल्ला घटनाक्रमसँगै मधेश प्रदेशका केही जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend